सिलगढी देवकोटा संघले पद्मश्री एकलव्य शर्मा साथै केन्द्रीय लोक सेवा आयोग परीक्षामा उतीर्ण चारजनालाई सम्बर्धना जनाउने

00-1Chhetriya-Samachar

सिलगढी:  गत ८ 8 मईको दि नसिलगढी देवकोटा संघको कार्यकारी सदस्यहरूको आवश्यक सभा संघकै भवनमा संघका सभापति मिलन रूचालको अध्यक्षतामा सम्पन्न भयो।  यस सभामा विविध विषयहरूमा चर्चा-परिचर्चा भयो। जसमाआउँदो २६ मईको दिन संघको वर्ष २०२४ को वार्षिक साधारण  सभा सम्पन्न हुने तय गरियो। यसका साथै पद्मश्री पुरस्कार प्रापक वैज्ञानिक डा. एकलव्य शर्मा अनि हालै संघ लोक सेवा आयोगद्वारा आयोजित देशको उच्च स्तरीय परीक्षा (युपीएससी) उत्तीर्ण गर्ने जिल्लाका चार विद्यार्थीहरू क्रमैले जयश्री प्रधान, अजय मोक्तान, गौतम ठकुरी एवं रितिका वर्मालाई विशेष कार्यक्रम गरी सम्मान सम्वर्धना प्रदान गरिने सभाले पारित गरेको छl सोही दिन २६ मईको बिहान १०.३० देखि सम्वर्धनाको कार्यक्रम गरिने अनि दिवा भोजन पश्चात संघको वार्षिक सभा गरिने निर्णय लिइएको जानकारी यस विज्ञप्तीमार्फत संघको तर्फबाट जानकारी दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *