जयसवालसँग मेरो रेकर्ड तोड़्ने मौका छः लारा

IMG-20240508-WA0274.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका युवा ब्याटर यशस्वी जयसवालले अहिलेसम्म केवल ९ वटा टेस्ट म्याच खेलेका छन् तर वेष्ट इण्डिजका महान ब्याटर ब्रायन लाराले भारतका २२ वर्षीय देब्रे हातका ब्याटरसँग उनको रेकर्डलाई तोड्ने असल मौका रहेको दावी गरेका छन्। जयसवाल गत एक सालदेखि असाधारण फर्ममा रहेका छन्। जयसवालले आईपीएल २०२३-मा आफ्नो खेलद्वारा सबैको ध्यान आकर्षित गरेका थिए। आईपीएलको गत सीजनपछि धेरै कुराहरू बद्लिएको छ। जयसवाल अहिले भारतीय टेस्ट र टी२० टीमका नियमित सदस्य बनेका छन्। विशेषगरी टेस्ट क्रिकेटमा उनको औसत लगभग ७०-को रहेको छ अनि हालै ईंग्ल्याण्ड विरुद्ध सीरीजमा दुईवटा दोहोरो शतक पनि बनाएका थिए। लारा विशेषगरी म्याचको स्थिति अनुसार खेलमा बलाउ गर्ने जयसवालको क्षमताले प्रभावित छन्। लाराले भने, मलाई मेरो रेकर्ड तोड़िने खतरा कुनै खेलाड़ीबाट लाग्छ भने त्यो जयसवाल हुन्। उनीसँग असाधारण क्षमता छ अनि अगावै दुईवटा दोहोरो शतक बनाइसकेका छन्। उनी असाधारण खेलाड़ी हुन्। जयसवालसँग मेरो रेकर्ड तोड़्ने असल मौका छ। हालै ५५ सालका हुने लारा खेलका सर्वकालिक महान खेलाड़ीहरूमा एक हुन्। उनले टेस्टमा लगभग १२,००० र एकदिने अन्तर्राष्ट्रियमा १०,००० भन्दा अधिक रन बनाएका छन्। लाराको नाममा टेस्ट क्रिकेटमा सर्वोच्च रनको रेकर्ड (अविजित ४००) रहेको छ, जुन उनले २००४-मा ईंग्ल्याण्ड विरुद्ध बनाएका थिए। लाराको नाममा प्रथम श्रेणीको म्याचमा सर्वोच्च स्कोर (अविजित ५०१)-को रेकर्ड पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement