सोरेङ: सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा भारत सरकारको राष्ट्रीय स्वास्थ्य प्रणाली स्रोत केन्द्र अधिनस्थ सञ्चालित उत्तरपूर्वी राज्यहरूको निम्ति क्षेत्रिय स्रोत केन्द्रका प्रतिनिधिहरूसँग बैठक गरिन्। बैठकको क्रममा जिल्लापाल योङदाले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न समग्र र महत्त्वपूर्ण दृष्टिकोणमा जोड दिए। उनले मानसिक स्वास्थ्य समस्याहरूको व्यवस्थापन र रोकथाममा मद्दत गर्ने रणनीतिहरू खोज्दै कुनै पनि आशंका र सामाजिक कलंक बिना मानसिक स्वास्थ्यका विषयमा छलफल गरे सामान्य बनाउनु पर्ने आवश्यकतामाथि प्रकाश पारिन्। यसका साथै उनले सोरेङ जिल्लामा हाल कम प्रजनन दरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयलाई मूल्याङ्कन गर्न व्यापक निष्कर्ष निकाल्नका लागि अध्ययन गर्न आग्रह गरिन्। उनले आशा र आंगनवाड़ी कार्यकर्ताहरूलाई ग्रामीणस्तरमा चेतना जगाउनको लागि सहयोग र प्रशिक्षणको आवश्यकता रहेको बताइन्।
यस अघि आरआरसीएनईका अधिकारीहरूले जिल्लापालसँग महत्कांक्षी व्लक कार्यक्रम (एबीपी) को भागको रूपमा सहयोगी पर्यवेक्षणको लागि चुम्बोङ ब्लक अन्तर्गत छोटा सामदुङमा स्वास्थ्य र कल्याण केन्द्र भ्रमण गरे। भ्रमण टोलीले हेल्थ एण्ड वेलनेस सेन्टरमा स्वास्थ्यकर्मी, आशाका कार्यकर्ता र बिरामीहरूसँग भेट गर्दै अन्तरक्रिया गरेका थिए। उल्लेखनीय छ, नीति आयोगको आकांक्षा ब्लक कार्यक्रम अन्तर्गत देशभरिमा कूल ५०० ब्लकहरू पहिचान गरिएको छ जसमध्ये सोरेङ जिल्लाको चुम्बुङ ब्लक पनि एक हो।









