राष्ट्रिय फेडरेशन कपमा नीरज चोपड़ाले हिस्सा लिने पुष्टि

IMG-20240508-WA0267.jpg

नयाँ दिल्ली: ओलम्पिक र वर्ल्ड च्याम्पियन भाला फ्याँक्ने (ज्याभलिन थ्रो) खेलाड़ी नीरज चोपड़ाले १२-देखि १५ मईसम्म भुवनेश्वरमा हुने राष्ट्रिय फेडरेशन कपमा भाग लिने पुष्टि गरेका छन् अनि यसरी गत तीन सालमा यो पहिलो अवसर हुनेछ जब यस स्टार एथलीटले घरेलु प्रतियोगितामा हिस्सा लिनेछन्। आउँदो १० मईमा प्रतिष्ठित डायमण्ड लीग सीरीजको दोहामा हुने पहिलो चरणमा आफ्नो सीजनको शुरुवात गरेपछि २६ वर्षीय स्टार खेलाड़ी भारत आउने सम्भावना छ। भारतीय एथलेटिक्स महासंघले सोशल मीडियामा लेखेको छ, प्रविष्टिहरू अनुसार नीरज चोपड़ा र किशोर कुमार जेनाले भुवनेश्वरमा १२ मईदेखि शुरु हुने घरेलु प्रतियोगितामा हिस्सा लिनेछन्। चोपड़ाका प्रशिक्षक क्लाउस बार्टोनिट्जले पनि यस स्टार एथलीटले भुवनेश्वरमा हुने प्रतियोगितामा भाग लिने पुष्टि गरेका छन्। हांगझोऊ एशियन गेम्समा चोपड़ापछि दोस्रो स्थानमा रहने रजत पदक हत्याउने २८ वर्षीय किशोल जेनाले पनि १० मईमा दोहा डायमण्ड लीगमा भाग लिनेछन्। चोपड़ाले यसअघि अन्तिमपल्ट घरेलु प्रतियोगितामा १७ मार्च २०२१-मा भाग लिएका थिए अनि त्यस समय उनले ८७.८० मीटर भाला फ्याँकेर स्वर्ण पदक जितेका थिए। त्यसपछि उनले टोक्यो ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए। उनी २०२२ मा डायमण्ड लीग र २०२३ मा वर्ल्ड च्याम्पियन बनेका थिए। यसको साथमा उनले चीनमा एशियन गेम्समा पनि आफ्नो खिताब रक्षा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement