अम्पायरसँग बहस गर्दा सेमसनलाई शास्ती

IMG-20240508-WA0266.jpg

नयाँ दिल्ली: दिल्ली क्यापिटल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा आउट भएपछि अम्पायरसँग बहस गर्ने राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनमाथि बीसीसीआईले म्याच फीसको ३० प्रतिशत जरिमाना लगाएको छ। आउट भएपछि तेस्रो अम्पायरको फसेलासँग असन्तुष्ट सेमसनले मैदानी अम्पायरहरूसँग बहस गरेका थिए। म्याचमा राजस्थान रोयल्स २० रनले पराजित भएको थियो। घटना राजस्थानको ईनिंग्सको १६औं ओभरमा भएको थियो। सेमसन ८६ रनमा ब्याटिंग गरिरहेका थिए अनि टीमलाई जिताउन उनी क्रीजमा रहनु जरूरी थियो कारण त्यस समय जीतको निम्ति २७ बलमा ६० रनको आवश्यकता थियो। सेमसनले १६औं ओभरको चौथो बलमा मुकेश कुमारको बलिंगमा सीधा शट् खेलेका थिए तर बल सीधै शाई होपको हातमा गएको थियो। टेलिभिजन रिप्लेमा क्याच लिँदा होपको खुट्टाले बाउण्ड्री लाइन छोएको जस्तो देखिएको भए पनि तेस्रो अम्पायरले सेमसनलाई आउट दिए। सेमसनले पनि मैदानमा रिप्ले हेरे अनि तेस्रो अम्पायरले आउट दिएपछि मैदानी अम्पायरसँग बहस शुरु गरे। यसैकारण बीसीसीआईले उनीमाथि म्याच फीसको ३० प्रतिशत जरिमाना लगायो। विज्ञप्ति अनुसार, सेमसनले आईपीएलको आचार संहिताको अनुच्छेद २.८ अन्तर्गत लेवल १-को अपराध गरे। सेमसनले पनि अपराध र शास्ती दुवै स्वीकार गरेका छन्। यसैकारण औपचारिक सुनुवाईको आवश्यकता परेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement