मोबाइल प्रयोगकर्ताहरूका लागि गुगल वालेट लन्च

google-wallet

नयाँ दिल्ली: गुगलले भारतमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि व्यक्तिगत डिजिटल वालेट प्रस्तुत गरेको छ। यसमा प्रयोगकर्ताले लोयल्टी कार्ड र गिफ्ट कार्ड, सार्वजनिक सवारी पासलगायत अन्य कुराहरू राख्न सक्नेछन्। कम्पनीका एक अधिकारीले गुगल वालेटप्ले स्टोरबाट डाउनलोड गर्न सकिने बताए। भारतमा बुधबारदेखि डिजिटल वालेटको सेवा शुरु भएको छ। गुगलका महाप्रबन्धक र इण्डिया इन्जिनियरिङ लीड (एन्ड्रोइड) राम पापतलाले भने, ‘गुगल पे कतै गएको छैन। यो हाम्रो प्राथमिक भुक्तानी एप जारी रहनेछ। गुगल वालेट विशेष गरी गैर-भुक्तानी प्रयोग केसहरूको लागि डिजाइन गरिएको हो।उनले थप भने, ‘यो सेवाको उद्देश्य एक सफ्टवेयर सिर्जना गर्नु हो जहाँ ओईएमहरू (मूल उपकरण निर्माताहरू) र विकासकर्ताहरूले राम्रो उत्पादनहरू सिर्जना गर्न सक्छन्।

 यो नयाँ सेवाका लागि गुगलले एयर इण्डिया, इन्डिगो, फ्लिपकार्ट, पाइन ल्याब्स, कोची मेट्रो, पीभीआर र आइनक्स जस्ता २० भारतीय ब्राण्डहरूसँग साझेदारी गरेको छ। यसले आगामी महिनाहरूमा थप सहकार्य गर्ने योजना बनाएको छ। गुगल वालेटले प्रयोगकर्ताहरूलाई चलचित्र/कन्सर्ट टिकटहरू, बोर्डिङ पासहरू, मेट्रो टिकटहरू, अफिस/कर्पोरेट ब्याजहरू र भौतिक कागजातहरू डिजिटाइज गर्ने विकल्प दिनेछ। यो किट गुगल वालेट, सुरक्षा र प्राइभेसीको आधारमा बनाइएको हो। गुगल खुलापन, छनोट र सुरक्षाको प्रतिज्ञाप्रति प्रतिबद्ध छ। गुगल वालेटको सेवा हाल करिब ८० देशमा उपलब्ध गराइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement