निर्देशक संगीत सिवानको असामायिक निधन

Sangeeth_Sivan_at_the_screening_of_Inam_cropped.jpg

मुबई: निर्देशक संगीत सिवानको ८ अप्रिलको दिन ६५ वर्षको उमेरमा निधन भएको छ। रिपोर्टका अनुसार उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो र उनको मृत्युको कारण भने खुल्न सकेको छैन। फिल्म निर्माता मलयालम र हिन्दी सिनेमामा आफ्नो कामका लागि परिचित थिए। उनले १९८९ मा आमिर खान अभिनित हिन्दी फिल्म ‘राख’ मा कार्यकारी निर्माताको रुपमा काम गरेर आफ्नो करियर सुरु गरेका थिए। उनले सन् १९९० मा मलयालम फिल्म ‘व्युहम’ बाट निर्देशनको क्षेत्रमा प्रवेश गरेका थिए। फिल्म निर्माताले सुपरस्टार मोहनलालसँग तीन पटक ‘योधा’, ‘गन्धर्वम’ र ‘निर्णायम’ फिल्मका लागि काम गरे। संगीत सिवनले आफ्नो करियरमा १५ वटा चलचित्र निर्देशन गरेका छन्। उनले पछिल्लो पटक २०१९ मा कल्की कोचलिन र भूमिका चावला अभिनीत हिन्दी वेब सिरिज ‘भ्रम’ निर्देशन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement