रङ्गीत नदीले बगाएर एक व्यक्तिको मृत्यु

गान्तोक: रङ्गीत नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम सन्दीप राई बताइएको छ। २५ वर्षीय मृतक मूल रूपमा कालेबुङ निवासी थिए भने अहिले तिक्जेक, गेजिङमा बस्दै थिए।पुलिस रिपोर्ट अनुसार, सन्दीप राई गत सोमवार आफ्ना साथीहरूसॅंग तातोपानीमा रात बिताउन गएका थिए। भोलिपल्ट दिउॅंसो लगभग १२:३० बजी उनी एक्लै पौडी खेल्न गएका थिए र नदीको पानीले उनलाई बगायो। उनका साथीहरूले पनि उनलाई बचाउन नसकेको बताइएको छ। पछि उनको शव फेला पऱ्यो। शव पोस्टमार्टमको निम्ति गेजिङ जिल्ला अस्पताल पठाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement