सिकाले पालन गऱ्यो ३७औं स्थापना दिवस

IMG-20240508-WA0268.jpg

नाम्ची: सिक्किम क्रिकेट एसोसिएशन(सिका)ले आफ्नो ३७औं स्थापना दिवस आज दक्षिण जिल्लाको नाम्चीस्थित किताम खेल मैदानमा भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने उनको साथमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधिक्षक टीएन ग्याछो, सिकाका अध्यक्ष टिका सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल आलेले सिकाको ३७औं स्थापना दिवसको अवसरमा आफूलाई आमन्त्रित गरेकोमा उनले खुशी प्रकट गर्दै प्रशंसा पनि गरेकी छन्। उनले सिकाको स्थापना पछि उनीहरूको उल्लेखनीय उपलब्धिहरूको प्रशंसा गर्दै राज्यका उदीयमान क्रिकेटरहरूको हेरचाहको लागि उनीहरूको प्रतिबद्धता र समावेशीतालाई स्वीकार गरेकी छन्। यसका साथै उनले युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्न र खेलको माध्यमबाट उत्कृष्टता प्रवर्द्धन गरेकोमा संघको प्रशंसा पनि गरेकी छन्। यसै क्रममा सिक्किम क्रिकेट एसोसिएसनका अध्यक्ष टीका सुब्बाले नाम्ची जिल्लाकी जिल्लापाल मुख्य अतिथिकोरूपमा यस कार्यक्रममा सहभागी बनेकोमा उनले कृतज्ञता प्रकट गरेका छन्। उनले सिकाको समर्पण र क्रिकेटलाई पेशागतरूपमा आत्मसाथ गर्दै प्रवर्द्धन गरेको प्रमाणित भएको बताए। सिकाको मुख्य उद्देश्य र योजना खेलाडीहरूलाई खेलप्रति ध्यान केन्द्रित गर्नु र सिकाभित्र आत्मनिर्भर पारिस्थितिकी प्रणाली सिर्जना गरेर टोलीको रूपमा उनीहरूको लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित गर्नु हो। उनले सिका अन्तर्गत किताम सार्वजनिक मैदान र याङगाङ सार्वजनिक मैदान छनोट गरिएकोले आगामी दिनमा राज्यका धेरै युवालाई क्रिकेट खेलमा प्रशिक्षण दिइने योजना रहेको जानकारी गराए। सोही प्रकारले कितामका पञ्चायत अध्यक्ष दीपक भण्डारीले किताम खेल मैदानमा गतकेही वर्ष अघिदेखि सिकाको देखरेखमा सी र डी डिभीजनको क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको जानकारी गराए। यस प्रकारको प्रतियोगिताले क्रिकेट खेलाडीहरूको मनोबल बढनको साथै क्रिकेट खेलमा विकास हुने दावी गरे। उक्त कार्यक्रममा खेलकूदको क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्ति साथै परिवारलाई अभिनन्दन पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement