राज्यपाल आचार्यले गरे याङगाङमा निर्माणाधीन सिक्किम केन्द्रिय विश्वविद्यालयको निरीक्षण भ्रमण

n606975608171518432302796aa81c12f021caeb9c6066fce410f8d5c7582c7622d124c8c37eef11f7702df.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज याङगाङमा निर्माणाधीन सिक्किम केन्द्रिय विश्वविद्यालयको निरीक्षण भ्रमण गरे। विश्वविद्यालयका चीफ रेक्टरसमेत रहेका राज्यपाल आचार्यले आफ्नो भ्रमण अवधि निर्माणाधीन विश्वविद्यालयको प्रगतिको सूक्ष्म एवं व्यापक निरीक्षण गरे।उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपालले विश्वविद्यालय निर्माण कार्य प्रगतिको समीक्षा गर्दै खुशी व्यक्त गरे। यस क्रममा उनले निर्धारित समयमा विश्वविद्यालयलाई स्थायी क्याम्पसमा स्थानान्तरित गर्न विश्वविद्यालयका कूलपति, विद्यार्थीहरू र संकाय सदस्यहरूलाई एकजुट बनेर सहयोगका लागि अगाडि आउन आह्वान गरे। उनले सिक्किमको प्राकृतिक वातावरणको अनुकूलता र संभावनालाई ध्यानमा राख्दै क्याम्पसको निर्माण कार्य पूरा भएपछि राष्ट्रियस्तरमा मात्र नभएर विश्वस्तरमै ऱ्याङ्कीङको मान्यता प्राप्त गर्ने साधन प्राप्त हुनेछ भनी आशा व्यक्त गरे।

राज्यपालले कुलपति प्रो. अविनाश खरेका कार्यहरूको प्रशंसा गर्दै कुलपति खरेले आफ्नो कार्यकाल अवधि सिक्किम विश्वविद्यालयको निर्माण कार्यलाई सक्रिय रूपमा अगाडि बढाको बताए। यसकै परिणाम स्वरूप अहिले तीनवटा विभागलाई स्थायी रूपमा शिफ्ट गरिएको उनले बताए। उनले दृढ़ संकल्प र इमानदारीका साथ बाधाहरूको सामना गर्नु पर्ने आवश्यकतामाथि बल दिॅंदै भने, यदि हाम्रो संकल्प दृढ़ छ भने बाटो आफै सफा हुनेछ।

विज्ञप्ति अनुसार, २००७ देखि निर्माणाधीन सिक्किम केन्द्रिय विश्वविद्यालय दिसम्बर २०२४ सम्म पूरा हुने सम्भावना व्यक्त गरिएको छ। भ्रमण अवधि रजिस्ट्रार लक्ष्मण शर्माका साथै डीन, सम्बन्धित विभागका प्राद्यापक, अधिकारी र कर्मचारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement