सिलगढी: सिलगढी नजिकै फुलबारीमा गाडीको धक्काबाट विजुलीको पोल लडेको छ। बुधबार सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा ठूलो गाडीले धक्का दिँदा बिजुलीको पोल सडकको बीचमा लडेको थियो। घटनापछि सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो। घटनाको खबर पाएलगत्तै विद्युत् विभागका कर्मचारी घटनास्थलतर्फ गएका थिए। खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक पुलिस पुगेका थिए । लगत्तै विद्युत् विभागका कर्मचारी आएर बिजुली काटेर सडकबाट केबल र फुटेको पोल हटाएका थिए।

त्यसपछि सवारी आवागमन सामान्य भयो। अर्कोतर्फ भुटानी ढुंगा बोकेको ट्रकले दुर्घटना भएको स्थानीयले बताएका छन्। लगत्तै फुलबारी राजमार्गका ट्राफिक पुलिस आएर सवारी आवागमन सामान्य गराए।