नक्सलबारीमा बिहे गरेर घर फर्किने क्रममा आक्रमण! युवक घाइते

1000579021.jpg

नक्सलबारी: बिहे घरबाट आफ्नो घर जाँदै गरेका एक युवकलाई बदमास हरुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घटना मंगलबार राति नक्सलबारीको टुकरिया मोडमा भएको हो। शान्तिनगर निवासी चौमिन बिक्रेता जय बर्मन (२४) बिहे घरबाट घर फर्कदै गरेको बताइएको छ। त्यसपछि उनलाई एक्लै भेट्टाएपछि केही बदमाशले उनीमाथि आक्रमण गरेका थिए। जयको टाउकोमा फलामको रडले प्रहार गरेको थियो। पछि स्थानीयहरुले जयलाई उद्दार गरी नक्सलबारी ग्रामीण अस्पताल पुर्याएका थिए। जहाँ प्राथमिक उपचारपछि उनलाई बागडोग्राको नर्सिङ होममा भर्ना गरिएको छ।
घटनापछि घाइते युवकका आफन्त र स्थानीय पञ्चायत सदस्य तथा प्रमुखले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यसैबीच नक्सलबारी पुलिस थानाले घटनाको अनुसन्धान गरी सोधपुछका लागि सात जनालाई नियन्त्रणमा लिएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *