मुख्यमन्त्री ममता ब्यनर्जीले दिइन् गुरूदेव रवीन्द्रनाथ टैगोरलाई   श्रद्धाञ्जलि

2024050883-scaled.jpg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गुरूदेव रवीन्द्रनाथ टैगोरलाई उनको जयन्तीको अवसरमा श्रद्धाञ्जलि दिएकी छन्। बुधवार बिहान उनले माइक्रोब्लगिंग साइट एक्समा लेखेकी छन्, विश्वकवि रवीन्द्रनाथ टैगोरको जयन्तीमा हामी उनलाई हार्दिक सम्मान एवं नमन गर्दछौं।

आज पनि देश, काल, सुख-दुःख, आशा-निराशा, संकट औ सफलताका सीमाहरूदेखि टाड़ा उनीद्वारा बताइएका कुराहरू दिशा देखाउने प्रकारका छन्। म प्रार्थना गर्दछु, हामी उनले दिएका मानवताका शिक्षाहरूलाई अप्नाएर अन्याय, असहिष्णुता तथा संकीर्णताविरूद्ध लड़्न जारी राख्न सकौं।””

ममता ब्यनर्जीले गुरूदेव रवीन्द्रनाथ टैगोरको त्यस कवितालाई पनि पोस्ट गरिन् जसमा डर विहीन समाज निर्माणको उल्लेख गरिएको छ।

उल्लेखनीय छ, गुरूदेव रवीन्द्रनाथ टैगोरको जयन्तीमा राज्यभरि नै कार्यक्रमहरू आयोजना गरिएको छ। राज्यपाल डा. सी.वी. आनन्द बोसको पक्षबाट पनि राजभवन कोलकातामा विशेष कार्यक्रम आयोजना गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement