गेजिङ: मन्त्री एव गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ शर्माले आज चिङथाङ र पेचरेक हिपाताल जीपीयूमा पैह्रो प्रभावित ठाऊँहरूको निरीक्षण भ्रमण गरे। मन्त्रीको साथमा जिल्लापाल वाईडी योङ्गदा, देन्तामका एसडीएम, हि मार्तमका बीडीओ, एनएचआईडीसीएलका अभियन्ताहरुपनि उपस्थित थिए।
मन्त्री शर्माको अगुवाईमा अधिकारीहरूले चिङथाङ जीपीयू अन्तर्गत लोअर बर्फोक र वरिपरी पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरे। त्यसपछि, टोलीले पेचरेक गाउँको भ्रमण गरेर स्थानीय पैह्रो प्रभावित मानिसहरूको गुनासो सुने। मन्त्री शर्माले क्षयक्षतिबारे जानकारी लिएपछि सरकारको तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।