रम्फू-सेभोक रेल्वे परियोजनाको ६५ प्रतिशत कार्य समाप्त

Sevoke-Sikkim-Railway-Project-Cost

आज  पी १ पी २ को ब्रेक थ्रु कार्यक्रम सप्पन्न

सिलगढी: सेभोक रम्फू रेलवे परियोजनाको १४ वटा टनल मध्ये ११ वटा टनलको खन्ने कार्य कार्य प्राय: अन्तिम चरणमा पुगिसकेको छ भने ६५ प्रतिशत काम भइसकेको छl अब सम्भावत आउँदो वर्ष २०२५ भित्रमा  सेभोक-रम्फू रेलवे परियोजनाको काम समाप्त हुने जानकारी इर्कन परियोजना निर्देशक मोहिन्दर  सिंहले जानकारी  दिएका छन्। आज लोहापुलदेखि हनुमान मन्दिर नजिकसम्म जोड्ने पी वान अनि पी टुको ब्रेक  डाउन  अलिपुरद्वार रेलवे अधिकारी अमरजीत गौतम अनि एसआरआरपी  परियोजना निर्देशक मोहिन्दर सिंहको बाहुलीबाट गरियो।

यसरी निर्देशक सिंहले आईटीडीसी  ईरकन अनि डीटीसीको सहयोगमा सफलतापूर्वक सेभोक-रम्फू रेलवे परियोजनाको काम भइरहेको अनि आउँदो वर्ष अगस्त २०२५ सम्म यस परियोजनाको काम समाप्त हुने कुरा निर्देशकले जनाए। यस रेलवे परियोजना काम समाप्त भए पछि अथवा  रेल चल्न शुरु भएपछि पर्यटकहरु बढनुको साथै देशको सिमा सुरक्षा अझ धेरै लाभ हुने कुरा जनाए। आज आईटीडीसी,इर्कोन,डीटीसी अनि एबीसीआई कम्पनीका सम्पूर्ण अधिकारीगण  अनि स्थानीय ठेकादार अनि कर्मचारीको उपस्थितिमा रेल्वे टनल पी वान अनि पी टु को ब्रेकथ्रु कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *