खरसाङ: अगमसिंह गिरी नाट्य मञ्च तीनधारेको एउटा जरूरी सभा समाजसेवी दिपक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। यसै सभामा हालसम्म थाँतीमा रहेको मञ्चको कार्यकारिणी समिति गठन गरिने कार्य सम्पन्न गरिएको छ। सभामा सर्वसहमतिद्वारा अगमसिंह गिरी नाट्य मञ्च तीनधारेको कमिटी गठन गरिएको छ। उक्त कमिटी एक वर्षको निम्ति गठन गरिएको छ। यस कमिटीमा सभापति सुरेश चन्द्र दर्नाल, उप सभापति यामा शंकर प्रधान, सचिव सुवास बान्तवा, कोषाध्यक्ष वाणी बिलास खाती, सह-कोषाध्यक्ष बिनोद छेत्री एवं छजना कार्यकारिणी सदस्यहरू चयन गरिएका छन्। यस कमिटीमा संरक्षकको रूपमा दिपक प्रधान एवं प्रमुख सल्लाहकारमा बिमल दर्जी चयन गरिएको छ। अबदेखि उसो मञ्चको नाम परिवर्तन गरी अगमसिंह गिरी नाट्य कला संस्थान राखियो अनि मञ्चले मई महिनाको अन्तिम साता सुवास बान्तवाद्वारा लिखित नाटक “कालो छाँया” तीनधारेस्थित गान्धी हलमा प्रदर्शन गर्ने निर्णय लिएको नव निर्वाचित सभापति सुरेशचन्द्र दर्नालले बताएका छन्। उनले तीनधारेले नाट्य क्षेत्रमा दिएको योगदान सर्वविदित नै छ र यस महत कार्यलाई फेरि अगमसिंह गिरी नाट्य कला संस्थानले निरन्तरता दिने प्रयास गर्ने कुरा बताएका छन्।










