सोनादाकी ममता अग्रवाल ९२.०२ प्रतिशतको साथमा उच्च माध्यमिक परीक्षामा सम्भवतः जीटीए क्षेत्रमै प्रथम

IMG-20240508-WA0223.jpg

सोनादा: सोनादाको होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयकी ममता अग्रवाल यसपालीको उच्च माध्यमिक परीक्षामा सम्भवत: जीटीएभरिमा पहिलो भएकी छन्। होली क्रस उच्चत्तर माध्यमिक विद्यालय सोनादाबाट यसपाली कला र विज्ञान विषयमा गरी जम्मा १७३ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा सबै उत्तीर्ण भएर विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको छ। यसै विद्यालयबाट ममता अग्रवालले उच्च माध्यमिक परीक्षामा ९२.२ प्रतिशत अंक ल्याएर स्कूल टप्पर साथै जीटीए क्षेत्रमा नै सम्भवत पहिलो बनेकी छन्। उनी सोनादाको हिल कार्ट रोड निवासी उषा अग्रवालकी सुपुत्री हुन्। उनले जम्मा ४६१ अंकसहित ९२.२ प्रतिशत अंक प्राप्त गरेकी छन्। यसरी उच्च माध्यमिक परीक्षामा असल अंक प्राप्त गर्न सफल भएको अवसरमा ममता अग्रवालले आफ्नी आमासहित स्कूलकी प्रधान अध्यापिका र सम्पर्ण शिक्षिकाहरूलाई धन्यवाद दिएकी छन्।

छोरीको सफलतामा आमा उषा अग्रवालले ईश्वर र स्कूलकी प्रधान अध्यापिका र सम्पूर्ण शिक्षिकाहरूलाई पनि धन्यवाद दिएकी छन्। उनले आफ्नी छोरीले उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गरेकोमा धेरै खुशी रहेकी बताइन्। उनले आफु सानो सब्जी दोकान चलाएर दु:ख -सुख गरेर भए पनि छोरीलाई पठाउने र छोरीको सपना पूरा गर्नेछु भनी बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement