झापा: पूर्बी नेपाल स्थित ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको खबर प्राप्त भएको छ। यस दुर्घटनामा परेर एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला पुलिस कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर कमल लुङ्गेलीले जानकारी दिए। दुर्घटनामा परी याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै ज्यान गएको हो। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।









