मङ्पूमा १६३औं रविन्द्र जयन्ती कार्यक्रम सम्पन्न

IMG-20240508-WA0217.jpg

मङ्पु: विश्व कवि रविन्द्रनाथ ठाकुरले चारपल्ट बास गरेको भूमि मङ्पूमा आज गुरुदेवको १६३औं जन्म जयन्ती पालन गरियो।आज दुईवाट विभागद्वारा रविन्द्र जयन्ती पालन गरिएको छ। यस क्रममा प्रथम चरणमा सिन्कोना एवं अन्य औषधीय पौधा विभागको आयोजनामा रविन्द्र जयन्ती पालन गरियो जसमा सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने, हेड क्वाटर म्यनेजर डा शान्तानु लाईक, हर्टिकल्चर विभागीय अधिकारी डा मुसुदाल ईस्लाम, कुनोलोजिस्ट इन्चार्ज अधिकारी युडेन ओङ्मु योञ्जन, अतिरिक्त इन्चार्ज देवोस्मिता मुखर्जी, प्लान्ट पेथोलोजिस्ट निमु शेर्पा अनि सिन्कोना ग्याङम्यान, श्रमिक अनि कर्मचारीको उपस्थितमा रविन्द्र जयन्ती पालन गरियो।चुनाव आचार संहितालाई मध्य नजर राख्दै यसपल्ट सामान्य रुपमा सूचना एवम् सांस्कृतिक विभाग दार्जिलिङ जिल्ला अनि रविन्द्र श्रमिक कल्याण केन्द्र मङ्पू पश्चिम बंगाल सरकारको आयोजनामा पनि गुरुदेवको १६३औं जन्म जयन्ती पालन गरियो।

समारोहको शुरुमा दार्जिलिङ जिल्ला अतिरिक्त जिल्लपाल अनिर्बर्न च्याटर्जी, सूचना एवं सांस्कृतिक विभाग अधिकारी खाङडोमा भुटिया, अतिरिक्त अधिकारी जिना राई, रविन्द्र श्रमिक कल्याण केन्द्र अधिकारी सदुमा छेत्री अनि स्थानीय कलाकारहरु पदम बराईली, बेनु बम्जन, सागर राई, अकबर राई, कोलकोत्ता अनि सिलगढीबाट आएका कलाकारहरुले रविन्द्र संगीत प्रस्तुत गरेका थिए। यस क्रममा मङ्पुको रवीन्द्र संग्रहालय भवनक बाहिरपट्टि रहेको विश्व कवि रविन्द्रनाथको प्रतिमा अघि श्रध्दाञ्जली अर्पण गरिएको छ। त्यसरी नै रविन्द्र संग्रहालयभित्र विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement