कोचबिहार हाई गर्ल्स स्कूलकी छात्रा अंकिता घोष ४८७ अंक लिएर मेरिट लिस्टमा परिन्

IMG-20240508-WA0203

कोचबिहार: ७५ वर्षमा पहिलो पटक राज्यको मेरिट लिस्टमा पर्न सफल भएको छ। कोचबिहार हाई गर्ल्स स्कूलकी छात्रा अंकिता घोषले ४८७ अंक ल्याइन्। अंकिताको सफलताका कारण कोचबिहार हाई गर्ल्स स्कूलको राज्य मेरिट लिस्टमा परेको छl अंकिता आर्ट्सकी छात्रा हुन्। उनी अंग्रेजी पढेर थप अध्ययन गर्न चाहन्छिन्। उनी ठूलो भएपछि डब्ल्युबीसीएसअफिसर बन्ने सपना देख्छिन्। छोरीको यो सफलताले परिवारका सदस्यहरु खुशी छन्। साथै यस सफलताबाट विद्यालयका सम्पूर्ण शिक्षकहरु पनि निकै खुशी छन्। आफ्नो विद्यालयका विद्यार्थी राज्यको मेरिट लिस्टमा परेको यो पहिलो पटक भएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement