सिलगढी: नेपाल–भारत सीमास्थित खोरीबारीबाट अवैध रूपमा भारत प्रवेश गर्ने दुई अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ। यसका साथै एक भारतीय युवक पनि पक्राउ परेका छन्। नैनाकला पौडेल र युनिस बिस्वा अमेरिकी नागरिक हुन् भने निमा तामाङ कालचीनी निवासी हुन्l एसएसबी स्रोतका अनुसार नैनाकला पौडेल आफ्नी भान्जी युनिससँग अलिपुरद्वारकी युवती निमा तामाङसँग बिहे गर्न भारत आएकी थिइन्। बिहे गरेपछि हनिमुनका लागि नेपाल गएका थिए, हनिमुनपछि भारत फर्किनुअघि नै खोरीबारीमा दुई अमेरिकी नागरिक र एक भारतीयलाई नक्कली आधारसहित पक्राउ गरिएको थियो अप्रिल २१ मा हनिमुनमा नेपाल गएका थिए। अमेरिकी नागरिकले अलिपुरद्वारको ह्यामिल्टनगञ्जका एक व्यक्तिबाट १० हजार रुपियाँमा नक्कली आधार लिएको बताइएको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरी खोरीबारी पुलिसको जिम्मा लगाइएको छ।










