गेजिङ: राज्य सरकारका विभिन्न विभागका सल्लाहकार र अध्यक्षगणद्वारा नवगठित गैर सरकारी संस्था आकाशले आज गेजिङ जिल्लाअन्तर्गत डेञ्जोङ पेमा छोइलिङ एकादमीमा आजादीको अमृत महोत्सव अन्तर्गत घर – घर तिरङ्गालाई लिएर एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्यो। समारोहमा राज्यका छ वटा जिल्लाबाट सरकारका विभिन्न विभिन्न विभागका सल्लाहकार अनि अध्यक्षगणको उपस्थित रहेको थियो। नवगठित उक्त संस्थाले विशेष रुपमा अनाथ विद्यालयलाइ केन्द्रित गरि केही हदसम्म सहयोग प्रदान गर्नको साथै उनीहरूसँग खुशी साट्ने उदेश्यले आज विद्यालय परिसरमा कार्यक्रम सम्पन्न गरिएको आयोजक समितिले बताएको छ। आजको भेलाले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्ने काम पनि गऱ्यो।

पत्रकारहरुलाइ सम्बोधन गर्दै संस्थाका अध्यक्ष बिरेन्द्र ताम्लिङले नवगठित संस्थाको विशेष जानकारी गराए भने उनले संस्थाले आगामी दिनमा गरिने सेवा र योगदान विषयमा जानकारी गराए। विशेष गरेर सरकारको सहयोगमा अध्यक्ष र सल्लाहकारगणले यो अभियान चलाएर समाजलाइ नयाँ रुपान्तरण गर्ने अठोट लिएको तामलिङले थप बताए। उनले बताएअनुसार कतिपय अनाथलयहरु दयनीय स्थितिमा रहेको कारण यसलाई सहयोग गर्नका निम्ति हामीले खुल्ला हात लिएर अघि आएको प्रतिबद्धता जाहेर गरे। संस्था र संगठन धेरै भए पनि काम गर्ने तरिका आ- आफ्नै हो यसै कारण हामीले सामाजिक क्षेत्रमा रहेका बिपन्न अवस्थालाई केन्द्रित गरि यो संस्था गठन गरिएको बताए। पूर्व सरकारकालमा अध्यक्ष, सल्लाहकार धेरै थिए तर कसैले पनि यस्तो विषयलाई ध्यान नदिएको जानकारी गराए। कार्यक्रममा विभिन्न सल्लाह र अध्यक्षगणद्वारा अनाथलयका विद्यार्थीहरुलाई आवश्य सामाग्री प्रदान गऱ्यो। यस अवसरमा आकाश संगका अध्यक्षका साथ सचिव पेमा वाङ्चुक शेर्पा लगायत राज्यका छवटै जिल्लाबाट भेलाभएका ७० भन्दा अघिक अध्यक्ष र सल्लाहकारको उपस्थिति रहेको थियो।