इनरुवाका मारवाडी समुदाय पसलमा दानपात्र राखी समाजसेवा गर्दै

IMG-20240508-WA0017

झापा: पूर्वी नेपालको इनरुवा नगरक्षेत्रमा  बसोबास गरि व्यापार व्यवसाय गर्दै आएका मारवाडी समुदायका युवाहरुले आफ्नै समुदायको पसलमा स्वेच्छिक दानपात्र राखेर समाजसेवा गर्दै आएका छन्। इनरुवा बजारमा रहेका हरेक मारवाडी समुदायका पसलमा मारवाडी युवा मञ्च इनरुवा नगर कार्य समितिले सामाजिक सेवार्थ टिनको बाकसमा ताला लगाएर दानपात्र राखि रकम संकलन गरेर सामाजसेवा गर्न थालेको हो। मारवाडी युवा मञ्च इनरुवाका अध्यक्ष आनन्द चित्लाङ्गीयाका अनुसार हरेक मारवाडी समुदायका पसलमा दानपात्रको बाकस राखिएकाले सवैले दैनिक, हप्ता वा मासिक रुपमा स्वेच्छाले रकम दिने गरेका छन्। ६ महिना अगाडिबाट राखिएको दानपात्रको बाकस एकवर्षमा अनिवार्य खोल्ने योजना रहेपनि रकमले भरिएको अवस्थामा वा सामाजिक सेवाका लागि रकम आवश्यकता परेको खण्डमा खोल्ने मारवाडी युवा मञ्चको नीतिअनुसार राखिएको छ। प्रत्येक मारवाडी समुदायका सवै उमेर समुहका व्यक्तिहरुले आफ्नो इच्छा अनुसार आम्दानी वापतको केही रकम उक्त दानपात्रको बाकसमा दिने गरेका छन्। बजारका पसलमा राखिएका प्रत्येक बाकसमा नम्बर राखी ताला लगाएर युवामञ्चले चावी राख्ने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement