मिरिक: मिरिककाे प्रतिष्ठित लुविस अंग्रेजी स्कूलले यसपालीको आइसीएसई अनि आईएससी परीक्षामा राम्राे अङ्क लिएर परीक्षार्थीहरू परीक्षामा उत्तीर्ण भएका छन्। लुविस अंग्रेजी स्कूलबाट यस वर्ष ५७ जनाले आईसीएसई परीक्षा दिएका थिए जसमा ५५ जनाले परीक्षा उत्तीर्ण गरेका छन्। परीक्षामा विद्यार्थी युडेन तामाङले ८८ प्रतिशत अनि अश्विनी राई चले ८५ प्रतिशत अङ्क प्राप्त गरेर स्कूल टप्पर बनेकाे छन्। त्यसरी नै आईएससी परीक्षामा स्कूलका २८ जना विद्यार्थीहरू परीक्षामा बसेका थिए भने २८ जनाले नै परीक्षा उत्तीर्ण गरेका छन् जसमा निलाञ्जली तामाङले ९३.२ प्रतिशत अनि युमासाङ राईले ९१ प्रतिशतमा परीक्षा उत्तीर्ण गरेकाे छन्। परीक्षामा निलाञ्जली तामाङले भाैतिक विज्ञानमा ९९ प्रतिशत अङ्क प्राप्त गरेकी छन्। स्कूलले सय प्रतिशत परीक्षाफल प्राप्त गरेपछि निर्देशक लियाेनार्ड सुब्बाले हर्ष प्रकट गर्दै परीक्षामा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई बधाई दिएका छन्। उनले स्कूलका शिक्षक शिक्षिका, विद्यार्थीहरू अनि अभिभावकहरूकाे कठाेर परिश्रमकाे कारण प्रत्येक वर्ष नै विद्यार्थीहरूले राम्राे अङ्कमा परीक्षा उत्तीर्ण गरिरहेकाे बताएका छन्। उनले लुविस अंग्रेजी स्कूलले स्थापनाकालदेखि नै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकाे जानकारी गराउँदै स्कूलका विद्यार्थीहरूले हालसम्म असल परीक्षा फल दिएर स्कूलकाे नाम राेशन गरेकाे बताएका छन्। उनले परीक्षा फल राम्राे आउनुमा स्कूलका सम्पूर्ण शिक्षक शिक्षिकाहरू, अभिभावक अनि विद्यार्थीहरूकाे सहकार्य रहेकाे बताउँदै सबैलाई बधाई अनि शुभकामना दिएका छन्।