अलिजा अनि प्रिती आइसीएसई अनि आइएससी परीक्षामा मिरिक टप्पर

IMG-20240508-WA0204.jpg

मिरिक: यसपालीको आइसीएसई अनि आइएससी परीक्षामा सियाेक फाँटकमा रहेकाे वृन्दावन बाेर्डिङ स्कूलले सय प्रतिशत परीक्षाफल प्राप्त गर्न सफल बनेकाे छ। यस वर्ष आइसीएसई परीक्षामा स्कूलका ३१ जना विद्यार्थीहरूले पहिलाे अनि ६ जना विद्यार्थीहरूले दाेस्राे दर्जामा परीक्षा उत्तीर्ण गरेका छन् जसमा अलिजा सामहाङपेले ८८.४ प्रतिशत, आकृति सुब्बाले ८४.२४ प्रतिशत अनि कृषा राईले ८२.६ प्रतिशतमा परीक्षा उत्तीर्ण गरेर स्कूल टप्पर बनेका छन्। त्यसरी गरी आईएसई परीक्षामा १६ जनाले पहिलाे अनि २ जनाले दाेस्राे दर्जामा परीक्षा उत्तीर्ण गरेका छन् जसमा प्रिती प्रधानले ९४ प्रतिशत, प्रशन्ना राईले ९२.२५ प्रतिशत अनि अतीत राईले ८८.५ प्रतिशतमा परीक्षा उत्तीर्ण गरेर स्कूल टप्पर बनेका छन्। यति मात्रै हाेइन अलिजा अनि प्रिती प्रधान आइसीएसई अनि आइएससी परीक्षामा मिरिक टप्पर पनि बनेका छन्। गत वर्ष पनि स्कूलका आकांक्षा राईले ९५.५ प्रतिशतमा परीक्षा उत्तीर्ण गरेर मिरिक टप्पर बनेकी थिइन् भने यसपली पनि मिरिक टप्पर बनाउन स्कूल सफल बनेकाे छ। स्कूलले सय प्रतिशत परीक्षाफल प्राप्त गरेपछि प्राचार्य सुधीर सुब्बाले हर्ष प्रकट गर्दै परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई बधाई दिएका छन्। उनले स्कूलका शिक्षक शिक्षिका, विद्यार्थीहरू अनि अभिभावकहरूकाे कठाेर परिश्रमकाे कारण प्रत्येक वर्ष नै स्कूलले सय प्रतिशतमा परीक्षा उत्तीर्ण गरिरहेकाे बताए। उनले वृन्दावन बाेडिङ स्कूलले स्थापनाकालदेखि नै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकाे जानकारी गराउँदै स्कूलका विद्यार्थीहरूले २०१० देखि आइसीएसई परीक्षा लेख्न थालेकाे अनि त्यस समयदेखि हालसम्म स्कूलका विद्यार्थीहरूले सय प्रतिशतमा परीक्षा उत्तीर्ण गरेर स्कूलकाे नाम राेशन गरेकाे बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement