विश्व रेडक्रस दिवसको अवसरमा खरसाङ रेडक्रस सोसाइटीद्वारा सम्बर्द्धना कार्यक्रम सम्पन्न

IMG-20240508-WA0197.jpg

खरसाङ: विश्व रेडक्रस दिवसको अवसरमा खरसाङ रेडक्रस सोसाइटीद्वारा आजसम्म सोसाइटीका प्रत्येक कार्यहरूमा सहयोग प्रदान गर्दै आइरहेका श्री सत्य साई सेवा सङ्गठन अन्तर्गत विभिन्न समितिहरूलाई सम्बर्द्धना जनाइएको छ। विशेषगरी खरसाङ खण्ड अन्तर्गत रहेका विभिन्न समितिहरूलाई समारोहमा सम्बर्द्धना जनाइएको छ।

सोसाइटीका चेयरम्यान तथा खरसाङ महकुमा अधिकारी वटवन्दभाषी तेजा दिपक, आइएएसको अध्यक्षतामा श्री सत्य साई सेवा सङ्गठन, खरसाङ समितिको भवनमा सम्पन्न समारोहमा सोसाइटीका भाइस चेयरम्यान डाक्टर एके बरूई, खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान, कार्यकारी सभासद श्याम शेर्पा, नुरी शेर्पा, समाजसेवी टीटी लामा, ओम प्रकाश चौरसिया लगायत अन्यहरू उपस्थित थिए।

रेडक्रस सोसाइटी, खरसाङका सचिव विजय सेञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्बोधन सक्रिय सदस्य देवराज राईले राखेका थिए। समारोहलाई सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा, डा एके बरूई, मणिकुमार माले आदिले सम्बोधन गर्दै रेडक्रस सोसाइटीद्वारा हालसम्म गरिरहेका विभिन्न कार्यहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै कार्यहरू निरन्तर भइरहोस् भनी कामना गरे।

उनीहरूले श्री सत्य साई सेवा सङ्गठनमार्फत् सोसाइटीले धेरै ठाउँहरूमा निःशुल्क स्वास्थ्य शिविर लगायत रक्तदान शिविर आदि गरिरहेको जनाउँदै यसले आम मानिसलाई धेरै लाभ पुगिरहेको बताएका छन्।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संगठनको सचिव बिजय सेञ्चुरीले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement