सिङ्ताम। दिव्य ज्योति समितिको ब्यानरमा लोवर बरदाङ युथ ग्रुपद्वारा आयोजित समर फुटबल टुर्नामेन्ट-२०२२ -को आज पहिलो सेमी फाइनलमा मुख्य अतिथि एंव मुख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकब खालिङ उपस्थित थिए। आजको पहिलो सेमी फाइनल म्याच सुमिन एफसी बनाम डुगा एफसी माँझ सम्पन्न भयो। बढ़ो रोचक रहेको यस म्याचमा १ को विरुद्ध ३ गोल लगाएर सुमिन एफसी विजयी बन्दै फाइनलमा प्रवेश गर्न सफल बन्यो। यस म्याचमा विजयी दलबाट १-१ गोल लगाउने तीन खेलाड़ी गणेश छेत्री, मिलन छेत्री र डेन्जोर बोरा अनि पराजित दल डुगा एफसीका खेलाड़ी सिमर राई १ गोल लगाउने कुल चार खेलाड़ीहरुलाई मुख्य अथितिद्वारा घोषणा गरेवापत नगद पुरस्कार मुख्य अतिथि श्री जेकब खालिङको बाहुलीबाट प्रदान गरियो। यस सेमी फाइनल म्याचका मेन अफ दी म्याचको उपाधि डुगा एफसीका खेलाड़ी जर्सी नम्बर ११ विजेन्द्र राईलाई चयनित गर्दै मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो।
आज दर्शकहरुका मनोरञ्जनका लागि भेटेरेन म्याच पनि सम्पन्न गराइयो, जसमा लोवर बरदाङ हेन्डसम डेडिस अनि कस्तुरी क्लब अप्पप बरदाङ बीच सम्पन्न भयो। यस म्याचमा २ को बिरुद्ध ५ गोल लगाएर हेन्डसम डेडिस विजयी बनेर फाइनलमा प्रवेश गर्यो भने नगद पुरस्कार पाँच हजार मुख्यअतिथिद्वारा घोषित पुरस्कार सर्वाधिक २ गोल लगाएर विजयी दलका खेलाड़ी जर्सी नम्बर ११ नीमदोर्जी शेर्पा हकदार भएवापत मुख्यअतिथिको बाहुलीबाट उनलाई नगद पुरस्कार प्रदान गरियो। यस टुर्नामेन्टको अवसरमा आज प्रदर्शित नानीहरुका नृत्यले दर्शकहरुलाई अझ आनन्दित तुलाएका थिए।
स्मरणरहोस्, भोलि ८ अगस्त २०२२ -को दिन भेटेरेन म्याच डिपेन्डेबल सिनियर्स बनाम अनस्टपपेबल्स डेडिस वाईजेएस बीच सम्पन्न हुनेछ भने समर फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल एचएफसी ब्वाइज एनएचपीसी अनि सिङ्ताम युनाइटेड माँझ भीड़न्त हुनेछ।
मुख्य अतिथि जेकब खालिङले आफ्नो सम्बोधनमा सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको नेतृत्वमा युवा खेलाड़ीहरुलाई खेलकूद क्षेत्रमा प्रोत्साहित गराउने काम भइरहेको बताउँदै युवा खेलाड़ीहरुले आफ्नो खेल प्रदर्शनलाई अझ तिखारेर एक अशल, निपुण खेलाड़ी बन्ने आह्वान गरे।