भक्तिनगर थानाले गरे पाँचजना लुटेरालाई पक्राउ

photocollage_202458192058280.jpg

सिलगढी: भक्तिनगर पुलिस थानाले सेवक रोडमा ठूलो घटना गर्नुअघि पाँचजना अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंटी साहनी (१९), पोवित्रा बर्मन (१८), विष्णु बर्मन (१९), जीवन बोरो (३०) र अजय साहनी (२३) रहेका छन्। तीमध्ये जीवन असमका बासिन्दा हुन्, जबकि बाँकी चार अभियुक्तहरू भक्तिनगर थाना अन्तर्गत प्रकाश नगर र विवेकानन्द नगर क्षेत्रका बासिन्दा हुन्। स्रोतका अनुसार बंटी, पवित्रो, विष्णु र अजयले आफ्ना पाँचौं साथी जीवनलाई असमबाट गए राति सेवक रोडमा ठूलो आपराधिक घटना गर्न बोलाए। त्यसपछि पाँचैजना गान्धी मैदानमा भेला भए र योजना बनाउँदै थिए। यो कुरा थाहा पाएलगत्तै भक्तिनगर पुलिस थानाले अपरेसन चलाएर अपहरणकारीलाई पक्राउ गरेको हो। पुलिसले अपहरणकारीहरुबाट ठूलो संख्यामा हतियार समेत बरामद गरेको छ। पुलिसले पाँच बदमाशलाई आज जलपाईगुडी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *