डाक्टरको घरमा दुई लाख नगद सहित सुनका गर-गहनाहरू चोरी

Untitled-7.jpg

सिलगढी: सिलगढीमा दिउँसै एकजना डाक्टरको फ्लेटबाट नगद दुई लाख रूपियाँ सहित बहुमूल्य सुनका समानहरू चोरी भएको छ।यो घटनाले इलाकामा आतङ्कको माहौल देखा परेको छ। यो घटना सिलगढी नगर निगम अन्तर्गत ३ नम्बर वार्डको गुरूङ बस्ती इलाकामा घटेको हो। जानकारी अनुसार आँखाका विशेषज्ञ डा. राजेन प्रधान आफ्नो स्वास्नीसित मंगलबार दिउँसो १० बजे कुनै कामलाई लिएर घरबाट बाहिर गएका थिए। त्यस समय घरमा कोही नभएको फाइदा उठाएर बदमाशहरूले डा. राजेन प्रधानको घरको मुल दैलो भत्काएर भित्र पसे। यसपछि तिनीहरूले लकर भत्काएर त्यसभित्र राखेको नगद लगभग २ लाख रूपियाँ सहित लगभग ५ लाख रूपियाँका सुनका गर-गहना लिएर चम्पट कसेको बताइएको छ। अपरान्ह लगभग २ बजे डा. राजेन प्रधानकी स्वास्नी घर फर्किएपछि घरको मुल दैलो खुल्ला रहेको अनि लकर भत्किएको अवस्थामा देखे। त्यसपछि तिनले घरमा चोरी भएको थाहा पाए। यस सम्बन्धमा प्रधान नगर थानामा अभियोग दर्ता गरेको छ। घटनाको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *