गान्तोक: डिकलिङ पाचेखानी मल्टी प्रपोज कपरेटिभ सोसाइटी लिमिटेको वार्षिक सभा आज डिकलिङमा सम्पन्न भयो। उक्त कार्यक्रममा पञ्चायतगण,सिनियर अडिट अफिसर निरूलता छेत्री लगायत संस्थाका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। आजादीका अमृत महोत्सव अन्तर्गत आयोजित यस वार्षिक सभामा संस्थाका संयुक्त रेजिस्टररले यस सभाको महत्वबारे विस्तृतरूपमा जानकारी गराइन्। यस संस्थालाई अघि बढाउनको निम्ति समितिले राम्रो प्रकारले पहल गरिरहेको बताइन्। सोही प्कराले उनले संस्थाको नयाँ योजनाहरूबारे पनि अवगत गराइन्। आजको यस सभामा पुरानो समिति विघटन गर्दै नयाँ समिति गठन गरियो। सभामा अडिट रिपोर्ट पनि प्रस्तुत गरियो।