काठमाडौं: भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको शपथ लिएका छन्। हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन्। उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन्। शपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए। उनले यो कठिन समयपछि रुस फेरि बलियो हुने बताएका छन्। शपथपछि पुटिनले रुस अन्य देशसँग सम्बन्ध विकास गर्न तयार रहेको बताए। रुसले हरेक खतरा र चुनौतीको उचित जवाफ दिन तयार रहेको पनि बताए। युक्रेनसँग चलिरहेको द्वन्द्वका कारण अमेरिकासहित धेरै पश्चिमी देशले पुटिनको सपथ ग्रहण समारोह भने बहिष्कार गरेका छन्।