भारत–बंगलादेश सीमामा दुई बंगलादेशीको मृत्यु

IMG-20240508-WA0155

सिलगढी: अवैध रूपमा भारत प्रवेश गर्नका लागि काँडेतारको बार पार गर्ने क्रममा बीएसएफको गोली लागेर दुई बंगलादेशीको मृत्यु भएको समाचार छ। बुधबार भारत–बंगलादेश सीमाको फकिरपाडा क्षेत्रमा काँडेतारको सीमाको यतापारी दुई बंगलादेशी नागरिकको मृत्यु भएको खबर सुनेपछि स्थानीय बासिन्दा हेर्न भेला भएका थिए। खबर पाएलगत्तै फाँसीदेवा पुलिस चौकी घटनास्थलमा पुग्यो। पुलिस र बीएसएफको उपस्थितिमा, दुवै शवहरू बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेजमा पठाइएको छ। मंगलबार राति भारत–बंगलादेश सीमा फाँसीदेवाबाट काँडेतारको बार काटेर घुसपैठ गर्ने प्रयास भएको बताइएको छ। दुवै जना गाई तस्कर भएको बताइएको छ। बीएसएफले यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन, तर बीएसएफको बयान आएपछि मात्रै यस विषयमा पूर्ण जानकारी आउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *