रियलमीद्वारा आकर्षक फीचर्सको साथ सबैभन्दा तेज स्मार्टफोन लञ्च

IMG-20240508-WA0142.jpg

काेलकत्ता: रियलमी-ले भारतमा आफ्नो दुईवटा नयाँ स्मार्टफोन लञ्च गरेको छ। कम्पनीले रियलमी नारजो ७० ५जी र रियलमी नारजो ७०एक्स ५जी लञ्च गरेको छ। नार्जो स्मार्टफोन मिड रेञ्ज सेगमेण्टमा आउँछ अनि यसमा ब्राण्डले असाधारण फीचर्स दिएको छ। ब्राण्डको दुवै नयाँ फोनहरू ५जी सपोर्टको साथ आउँछ। रियलमीले दुवै ह्याण्डसेटमा ५०एमपी-को प्राइमरी क्यामेरा दिएको छ। यसबाहेक स्मार्टफोनलाई पावर दिन ५०००एमएएच को ब्याटरी र ४५वॉट को फास्ट चार्जिंग जस्ता फिचर्स प्राप्त हुन्छ। यी दुई फोनको मूल्य र अन्य जानकारी यसप्रकार छः
रियलमी नारजो ७० ५जी र रियलमी नारजो ७०एक्स ५जी-को मूल्यः
रियलमी नारजो ७० ५जी-लाई कम्पनीले दुईवटा कन्फिग्रेशनमा लञ्च गरेको छ। यसको ६जीबी रैम+१२८जीबी स्टोरेज वेरिएण्टको मूल्य १५,९९९ रुपियाँ रहेको छ। यसरी ८जीबी रैम+१२८जीबी स्टोरेज वेरिएण्टको मूल्य १६,९९९ रुपियाँ रहेको छ। यसमा १००० रुपियाँको कूपन डिस्काउण्ट पनि प्राप्त भइरहेको छ। यसरी रियलमी नारजो ७०एक्स ५जी पनि दुईवटा कन्फिग्रेसनमा आउँछ। यसको ४जीबी रैम+१२८जीबी स्टोरेज वेरिएण्टको मूल्य ११,९९९ रुपियाँ छ। यसरी ६जीबी रैम+१२८जीबी स्टोरेज वेरिएण्टको मूल्य १३,४९९ रुपियाँ छ। कम्पनीले ४जीबी वेरिएण्टमा १००० रुपियाँ अनि ६जीबी वेरिएण्टमा १५०० रुपियाँको कूपन डिस्काउण्ट दिइरहेको छ। दुवै फोन दुईवटा कलर अप्शन्स-मिस्टी फरेष्ट ग्रीन र स्नो माउण्टेन ब्लू रंगमा उपलब्ध छ।
स्पेसिफिकेशन्सः
रियलमी नारजो ७० ५जी-मा ६.६७ इञ्चको एफएचडी+ डिस्प्ले प्राप्त हुन्छ, जसले १२०एचजेड रिफ्रेश रेट सपोर्ट गर्छ। यसमा मीडियाटेक डायमेंसिटी ७०५० प्रोसेसर दिइएको छ। फोनमा ५०००एमएएच को ब्याटरी रहनेछ जसले ४५वॉट को चार्जिंग सपोर्ट गर्नेछ। अप्टिक्सको कुरा गर्दा फोनमा ५०एमपी-को प्राइमरी क्यामेरा दिएको छ। साथमा २एमपी-को सेकेण्डरी क्यामेरा रहनेछ। यसरी फ्रण्टमा कम्पनीले १६एमपी-को सेल्फी क्यामेरा दिएको छ।
डिवाइस एंड्रॉइड १४ मा आधारित रियलमी यूआई ५.० मा काम गर्छ। यसमा दुई सालको एण्ड्रोयड अपडेट र तीन सालको सिक्योरिटी अपडेट प्राप्त हुनेछ। यसरी रियलमी नारजो ७०एक्स ५जी मा ६.७२ इञ्चको एफएचडी+ एमोलेड डिस्प्ले प्राप्त हुन्छ। फोन मीडियाटेक डायमेंसिटी ६१००+ प्रोसेसरमा काम गर्छ। यसमा ५०एमपी + २एमपी को डुअल रियर क्यामेरा र ८एमपी को सेल्फी क्यामेरा प्राप्त हुन्छ। फोनमा ५०००एमएएच को ब्याटरी रहनेछ जसले ४५वॉट को चार्जिंग सपोर्ट गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement