दिल्लीका स्टब्सलाई श्रेय दिए रोयल्सका कप्तान सेमसनले

IMG-20240508-WA0135.jpg

नयाँ दिल्ली: आईपीएल २०२४-को ५६औं म्याचमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स विरुद्ध २० रनले हारको सामना गर्नु पऱ्यो। मंगलवार राति म्याच जित्न सकेको भए रोयल्स प्लेअफ्-मा पुग्ने पहिलो टोली बन्ने थियो तर दिल्ली क्यापिटल्स २० रनले विजयी हुँदा सञ्जु सेमसनको कप्तानीमा रहने टीमको प्रतीक्षा अझ केही दिनको निम्ति तन्कियो। जीतको निम्ति २२१ रन चाहिँ पनि रोयल्सले २०१ रन मात्र बनाउन सक्यो। म्याचपछि रोयल्सका कप्तान सेमसनले भने, मेरो विचारमा म्याच हाम्रो हातमा थियो। हामीले ११-१२ रन प्रति ओभर बनाउनु पर्ने थियो। यो हासिल गर्न सकिने स्कोर थियो। आफ्नो रणनीतिबारे उनले भने, यो ठीक चलिरहेको छ। हामीले परिस्थितिहरूका मागमा कायम रहनु पर्छ। हामी समक्ष २२१ रनको लक्ष्य थियो। यसमा १० रन अतिरिक्त थियो। त्यसै पनि दिल्लीलाई ओपनरहरूले असल शुरुवात दिलाए। उनीहरूले त्यही गरे, जुन उनीहरूले निरन्तर गर्दै आएका छन् तर पनि हामीले पुनरागमन गरेका थियौं। हामीले तीनवटा म्याच गुमाएका छौं, जुन वास्तवमा कठिन थियो। हामीले अब केही असल ट्यूनिंग गर्नु पर्नेछ अनि गतिलाई कायम राख्नु पर्नेछ। यसबाहेक हामीले स्टब्स जस्ता व्यक्तिलाई श्रेय दिनु पर्छ, जसले सन्दीप शर्मा विरुद्ध असल ब्याटिंग गरे। उनले मेरो दुई सर्वश्रेष्ठ बलर युजी चहल र सन्दीप विरुद्ध २-३ वटा अतिरिक्त छक्का लगाए। यस हारपछि हामीले आफ्नो कमजोर पक्षहरूमा काम गर्नु पर्नेछ।
म्याचको कुरा गर्दा आफ्नो होम ग्राउण्ड अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर २२१ रन बनायो। त्यसपछि रोयल्सले चाहिँ ८ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। दिल्लीको टीमलाई फेरि एकपल्ट युवा ओपनर जेक फ्रेसर-म्याकगुर्कले विध्वंशी शुरुवात दिलाए। उनले अभिषेक पोरेलसँग मिलेर केवल २६ बलमा ६० रनको पार्टनरशीप गरे। यी दुवैले अर्द्धशतक बनाए। यसमा फ्रेसर-म्याकगुर्कले ७ वटा चौका र ३ वटा छक्काको साथ २० बलमा ५० रन बनाए। यसरी अभिषेक पोरेलले ७ वटा चौका र ३ वटा छक्काको साथ ३६ बलमा ६५ रन बनाए। दिल्ली क्यापिटल्सले मध्यक्रममा शाई होप (१), अक्षर पटेल (१५) र कप्तान रिषभ पन्त (१५)-लाई भटाभट गुमाए पनि ट्रिस्टन स्टब्सले २० बलमा ४१ रन बनाएर टीमलाई मजबूत स्कोरसम्म पुऱ्याए। उनले ३ वटा छक्का र ३ वटा चौका लगाए। रोयल्सका बलरहरूमा रविचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिए। ठूलो लक्ष्यलाई खेदो गर्दै रोयल्सले दुईजना ओपनर यशस्वी जयसवाल (४) र जोस बटलर (१९)-लाई शुरुमै गुमायो। त्यहाँबाट कप्तान सेमसनले उत्कृष्ट ब्याटिंग गर्दै टीमलाई म्याचमा कायम राख्ने प्रयास गरे पनि रियान पराग (२७) र शुभम दुबे (२५) असल शुरुवातपछि आउट हुँदा दिल्लीलाई म्याच जित्न असुविधा भएन। सेमसनले ८ वटा चौका र ६ वटा छक्काको साथ ४६ बलमा ८६ रन बनाए। दिल्लीका बलरहरूमा खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए। कुलदीपलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement