नयाँ दिल्ली: राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहलले मंगलवार राति इतिहास रचे। चहल टी२० प्रारूपमा ३५० विकेटको ऐतिसाहिक आँकड़ालाई हासिल गर्ने पहिलो भारतीय बलर बनेका छन्। चहलले आईपीएल २०२४-मा अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्स विरुद्ध खेलिएको म्याचमा यस खास उपलब्धिलाई हासिल गरे। उनले आफ्नो ३०१औं टी२० म्याचमा दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तलाई आफ्नो ३५०औं शिकार बनाए। आक्रामक शट् खेल्ने प्रयासमा सन्तुलन बिग्रिँदा बल पन्तको ब्याटमा लागेर सीधै ट्रेण्ट बोल्टको हातमा गयो। समग्रमा वेष्ट इण्डिजका पूर्व अलराउण्डर डीजे ब्राभो ५७३ वटा म्याचमा ६२५ विकेटको साथ टी२० प्रारूपमा सर्वाधिक विकेट लिने बलर हुन्। दोस्रो स्थानमा अफगानिस्तानका स्टार स्पिनर राशिद खान रहेका छन्, जसले ४२४ वटा म्याचमा ५७२ विकेट लिइसकेका छन्। कलकत्ता नाइट राइडर्सबाट खेलिरहेका सुनिल नारिन ५०९ वटा म्याचमा ५४९ विकेटको साथ तेस्रो स्थानमा छन्। चहल टी२० प्रारूपमा ३५० विकेट पूरा गर्ने पाँचौं स्पिनर हुन्। उनीभन्दा अघि राशिद (५७२), नारिन (५४९), इमरान ताहिर (५०२) र शाकिब अल हसन (४८२) रहेका छन्। राजस्थान रोयल्सका ३३ वर्षीय स्पिनर चहलले आईपीएलको यस सीजनमा ११ वटा म्याच खेलेर १४ विकेट लिइसकेका छन्। उनी केही दिन अघि आईपीएलमा २०० विकेट लिने पहिलो बलर बनेका थिए।