यूएफा च्याम्पियन्स लीगः पीएसजी-को अभियान समाप्त गरी बोरुसिया डर्टमण्ड फाइनलमा

photocollage_20245811104637.jpg

म्यूनिख: स्टार स्ट्राईकर कीलियन एम्बाप्पे र उनको टीम पेरिस सेण्ट जर्मेन (पीएसजी)-का सपनालाई भताभुंगै पारेर बोरुसिया डर्टमण्डले च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको फाइनलमा स्थान बनायो। मंगलवार अबेर राति खेलिएको सेमिफाइनल चरणको दोस्रो लेगमा पीएसजी-ले जर्मनीको क्लब विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यसअघि आफ्नो होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा पनि यसै अन्तरले जीत हासिल गरेको हुनाले समग्रमा २-०-ले जीत हासिल गरी डर्टमण्ड फाइनलमा पुग्यो। यसको साथै फ्रान्सीसी क्लब पीएसजी-बाट आफ्नो अन्तिम म्याच खेलिरहेका एम्बाप्पेको बिदाई निराशाजनक रहन पुग्यो। पीएसजी-सँग एम्बाप्पेको अनुबन्ध यस सीजनको अन्तसँगै समाप्त हुनेछ अनि उनी स्पेनिश क्लब रियल म्याड्रिडमा सामेल हुने प्रबल सम्भावना रहेको छ। पीएसजी-को विपरीत बोरुसिया डर्टमण्डले चाहिँ सबैलाई चकित बनाएर आउँदो महिना वेम्बले स्टेडियममा खेलिने फाइनल म्याचको टिकट हासिल गऱ्यो।
यसअघि पहिलो लेगमा केवल एक गोलले हारेको हुनाले यसपाली पीएसजी-लाई आफ्नो होम ग्राउण्डमा म्याच जित्ने अनि फाइनलमा स्थान प्रबल दावेदार मानिएको थियो तर बुन्देसलीगामा पाँचौं स्थानमा रहने टीमले फ्रान्सको लीग विजेता टीमलाई स्तब्ध बनायो। बोरुसिया डर्टमण्डबाट म्याचको एकमात्र गोल अनुभवी डिफेण्डर मेट्स हुमेल्सले ५०औं मिनटमा दर्ता गरे। म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-लाई भाग्यले पनि साथ दिएन अनि पूरा म्याचमा ३१ पल्ट विपक्षी पोस्टमा आक्रमण गरेर पनि टीमले गोल गर्न सकेन। विशेषगरी दोस्रो हाफमा फ्रान्सीसी क्लबका चारजना खेलाड़ीको प्रयास त बारमा लागेर फर्कियो, जसमा एम्बाप्पेको प्रयास पनि सामेल छ। यस हारको साथै एम्बाप्पेको पीएसजी-सँग यूरोपेली क्लब फूटबलको सर्वोच्च सम्मान हासिल गर्ने सपनामा पनि विराम लाग्यो। एम्बाप्पे २६६ गोलको साथ फ्रान्सीसी क्लबका सर्वकालिक सर्वाधिक गोलदाता हुन्। यसमा उनले ४२ गोल त च्याम्पियन्स लीगमा मात्र गरेका छन्। म्याच हारेपछि एम्बाप्पेले भने, मलाई दुर्भाग्यबारे कुरा गर्नु मन पर्दैन। तपाईं लयमा रहँदा गोली पोस्टमा लागेर फर्किँदैन। मैले आफ्नो सर्वश्रेष्ठ प्रयास गरे। हामी सामान्य सटीक हुनु पर्थ्यो अनि मैले गोल गर्नु पर्ने थियो तर यही जीवन हो। हामीले आफूलाई सदा उठाउनु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement