पाल्जोर स्टेडियममा एसएफए सी डिभिजन लीग आरम्भ

IMG-20240507-WA0290.jpg

गान्तोक: आजदेखि यहाँको पाल्जोर स्टेडियममा एसएफए सी डिभिजन लीग फुटबल आरम्भ भएको छ। आज उद्घाटन म्याच हिलस्टोन एफसी र छुजाचेन स्पोर्टिङ एकाडेमी बीच खेलिएको थियो। खेलको निर्धारित समयसम्म दुवै दलले तीन-तीन गोल गरेपछि म्याच बराबरीमा समाप्त भयो भने दुवै दलले एक-एक अङ्क साझा गरे। हिलस्टोन एफसी-को पक्षमा राजेश राई, छिरिङ लेप्चा र जिग्मी लेप्चाले एक-एक गोल गरे भने छुजाचेन स्पोर्टिङ एकाडिमीका पक्षमा विशाल शर्मा र राजेश राईले गरे क्रमशः एक र दुई गोल।

दिनको दोस्रो म्याच माझिटार स्पोर्टिङ क्लब र सिक्किम ड्रागन्स एफसी बीच खेलिएको थियो जसमा सिक्किम ड्रागन्स शुन्यको विरुद्ध दुई गोल विजयी बन्यो। यसरी सिक्किम ड्रागन्सले पहिलो म्याचमै तीन अङ्क प्राप्त गरेको छ। आशिष राई र नितेश छेत्रीले गरे आफ्नो दलको पक्षमा गरे गोल। उद्घाटन म्चायमा सिक्किम सरकारका पूर्व खेलकुक सचिव तथा हाल सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी मुख्य अतिथि रहेका थिए।

आजदेखि आरम्भ भएको सीट डिभिजन लीग आगामी ३१ मईसम्म चल्नेछ। यसै बीच पैल्जोर स्टेडियममा नै पहिलो थुप्देन रापग्यल मेमोलियल अण्डर १५ बोइस टुर्नामेन्ट पनि खेलाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *