गान्तोक: राज्यका निर्वतमान मुख्यमन्त्री प्रेम सिंह तामाङले आइएससी र आइएससीइको परीक्षाको परिणाम घोषित भएकोमा विद्यार्थी साथै अभिभावकहरूलाई बधाइ दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत विद्यार्थीहरूको कडा परिश्रम, समर्पण र लगनशीलताले राज्यमा शिक्षाको उत्कृष्ट स्तरलाई दर्शाउने गरेको उल्लेख गरेका छन्। विद्यार्थीहरूले हासिल गरेको उल्लेखनीय उपलब्धिप्रति आफूलाई सदैव गर्व लाग्ने बताएका छन्। विद्यार्थीहरूको सफलताले केवल विद्यार्थीहरूलाई मात्र नभएर अरूले पनि सम्मान पाउनको साथै उत्कृष्टताको निम्ति अरूलाई पनि प्रेरित गर्ने जनाएका छन्। अन्तमा पून उनले विद्यार्थीहरूको यस प्रकारको प्रयासको सराहना गर्दै भविष्य़मा अझ ठूलो सफलता हासिल गर्ने सुझाउ दिएका छन्।