दुई दिवसीय राज्यस्तरीय टेण्डोङ ल्हो रूम फात पर्व शुरू

IMG-20220807-WA0219.jpg

गान्तोक: दक्षिण जिल्लाको लिङ्गीस्थित नाली पार्तममा आजदेखि दुई दिवसीय राज्यस्तरीय टेण्डोङ ल्हो रूम फात पर्व शुरू भयो। टेण्डोङ ल्हो रूम फात समारोह समितिको पहलमा आयोजित दुई दिवसीय कार्यक्रमको पहिलो दिन मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा मन्त्री साम्दुप लेप्चा उपस्थित थिए। कोविड-१९ को कारण दुई वर्ष पछि यसपाली भव्यरूपमा राज्यस्तरीय कार्यक्रम शुरू भएको छ।

आजदेखि शुरू भएको दुई दिवसीय यस पर्वको समापन भोलि ८ अगस्तको दिन हुने आयोजक समितिले जानकारी गराएको छ। उल्लेखनीय छ, लेप्चा समुदायले आफ्ना पुर्खालाई ४० दिन रातसम्म आएको महाप्रलयबाट बचाउनको लागि पुजा अर्चना गरी टेण्ङङ ल्हो रूम फात मनाउने गरेको उल्लेख छ। यस पर्वले दुश्मनमाथिको विजयको स्मरण पनि गराउँदछ साथै हरेक वर्ष राज्यमा शान्ति कायम राख्नको निम्ति यस अवसरमा विशेष प्रार्थना गरिने चलन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement