सीमा स़डक संगठनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजित

IMG-20240507-WA0287.jpg

गान्तोक: सीमा सडक संगठनको ६५औं स्थापना दिवसको अवसरमा प्रोजेक्स स्वास्तिकको ७५८ बीआरटीफले उत्तर जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्थानीयहरूलाई उपाचरसँगै निःशुल्क औषधि पनि वितरण गरेको जानकारी गराइएको छ। उत्तर जिल्लाको लाचेन सरकारी माध्यमिक विद्यालय परिसरमा हिजो निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। यस अवसरमा विशेष गरेर आयोजक समितिले दुर्गम गाउँका रोगीहरूलाई प्राथमिकता दिएको थियो। यसरी नै गत वर्षको ४ अक्टोबरको बाढ पीडितहरूलाई पनि आयोजक समितिले प्राथमिकता दिँदै उपचार गरेको बताइएको छ। यस शिविरमा १५० भन्दा अधिक रोगीहरूले लाभ उठाएका र उनीहरू सबैलाई निःशुल्क औषधि पनि प्रदान गरिएको थियो। सीमा सडक सङ्गठनका मेडिकल अफिसरले मानिसहरूलाई राम्रो स्वास्थ्य र सरसफाइका पक्षहरूबारे सुझाउ दिँदै स्वस्थ जीवनशैलीको महत्त्वबारे जानकारी गराएका थिए। यसरी सीमा सडक संगठनको पहलमा आयोजित स्वास्थ्य शिविरबाट लाभ उठाएका लाभार्थीहरूले संगठनद्वारा गरिएको पहलको प्रशंसा गरेका छन्। स्थानीयहरूले यस प्रकारको शिविर निरन्तररूपमा आयोजना गर्नुपर्ने पनि संगठनसँग माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *