गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले भारतका उप राष्ट्रपति पदमा निर्वाचित जगदीप धनखड़प्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘एक किसान परिवारदेखि लिएर उप राष्ट्रपतिसम्मको यात्रा तपाईको दृढ संकल्प, कठोर परिश्रम र आत्मविश्वासलाई दर्साउॅंछ। यो सबैका लागि प्रेरणाको स्रोत हो। तपाईको सार्वजनिक जीवनको व्यापक अनुभव र न्याय तथा विधिको क्षेत्रको गहिरो समझले निश्चित रूपमा राष्ट्र लाभान्वित बन्नेछ तथा लोक हित र कमजोर वर्गको उत्थानको निम्ति नयॉं आदर्शहरू स्थापित गर्नेछ।’ राज्यपालले उप राष्ट्रपतिको सफल एवं फलदायी कार्यकालको निम्ति शुभकामना व्यक्त गरेका छन्।