दार्जीलिङ – दार्जीलिङ नगरपालिकाले नगरबासीहरूको स्वास्थ्य विषयहरूलाई ध्यानमा राख्दै हेल्प डेस्कको शुभारम्भ गरेको छ। दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेलले बताएअनुसार अन्य क्षेत्रहरू सरह दार्जीलिङ पार्वतीय क्षेत्रहरूका विमारीहरू पनि बेङ्गलोर,हैदरबाद,भेलोर आदि क्षेत्रहरूमा उपचारको लागि जाने गर्छन। उपचार गरेर फर्किए आएपछि तिनीहरूले भोग्नु परेको विभिन्न समस्याहरू बताउने गर्छन, यी विषयहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले नगरबासीहरूको निम्ति स्वास्थ्य हेल्प डेस्क शुरू गरिएको चेयरम्यान पोर्तेलले बताए।
तिनले अघि भने, हैदरबाद,बेङ्गलोर अनि भेलोर आदि क्षेत्रहरूमा रहेका अस्पतालहरूसँग सम्पर्क गर्न, डाक्टरहरूसँग भेटवार्ताको लागि समय मिलाई दिने साथै उपचारको अवधि बस्ने ब्यवस्था आदि जस्ता विषयहरूको चाँजो मिलाई दिने कार्यहरू गर्नेछ भन्ने चेयरम्यान पोर्तेलले बताए। तिनले अघि भने, यसको निम्ति नगरपालिकासँग सम्पर्क गर्नु पर्नेछ भन्ने चेयरम्यान पोर्तेलले बताए।