मुम्बई: अष्ट्रेलियाका पूर्व वर्ल्ड कप विजेता कप्तान माइकल क्लार्कले आईपीएल २०२४-मा रोहित शर्माको निराशाजनक प्रदर्शनलाई अधिक महत्त्व नदिँदै थकित देखिएका भारतीय कप्तानलाई टी२० वर्ल्ड कप अघि तरोताजा हुन ब्रेकको आवश्यकता रहेको दावी गरेका छन्। एक जूनदेखि शुरु हुने टी२० वर्ल्ड कपमा भारतको कप्तानी गर्न गइरहेका रोहित गत पाँचवटा ईनिंग्समा ब्याटको साथ चरम विफल रहेका छन्। आईपीएल अघि रोहितले ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीज खेलेका थिए। आईपीएलमा कमेण्टेटरको भूमिकामा रहने क्लार्कले भने, रोहितले आफ्नो प्रदर्शनलाई आफै असल तरिकाले आकलन गर्न सक्छन्। सीजनमा असल शुरुवातपछि गत केही म्याचको प्रदर्शनले उनी निश्चित रूपमा निराश छन्। मेरो विचारमा उनी थकित पनि छन्। टी२० वर्ल्ड कप नजिकै रहेको हुनाले तरोताजा हुन उनलाई ब्रेकको आवश्यकता छ तर उनी अहिले पनि मुम्बई इण्डियन्सका प्रमुख खेलाड़ी हुन्। यसैकारण ब्रेक पाउनु मुश्किल छ। उनी फर्ममा फर्किनु जरूरी छ। रोहित जस्ता खेलाड़ीको निम्ति यो मुश्किल छैन। उनलाई फर्ममा फर्किन अधिक प्रतीक्षा गर्नु पर्नेछैन कारण उनमा असीमित प्रतिभा रहेको छ। यो केवल समयको कुरा हो अनि एउटा असल ईनिंग्सले फर्म फर्किनेछ।