एचपीसीए स्टेडियममा भारतको पहिलो ‘हाईब्रीड पीच’ अनावरण

IMG-20240507-WA0281.jpg

धर्मशाला: अत्याधुनिक तक्निकसँग तालमा ताल मिलाउँदै यहाँ हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा भव्य समारोहबीच भारतको पहिलो ‘हाईब्रीड पीच’ अनावरण गरियो। अनावरण कार्यक्रममा आईपीएल चेयरम्यान अरुण धूमल र ईंग्ल्याण्डका पूर्व क्रिकेटर तथा पीच निर्माता कम्पनी एसआईएस-का अन्तर्राष्ट्रिय क्रिकेट निदेशक पल टेलरको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा धूमलले भने, ईंग्ल्याण्डमा लर्ड्स र द ओवल जस्ता प्रतिष्ठित मैदानहरूमा सफलतापछि हाईब्रीड पीचहरूका प्रयोगले भारतीय क्रिकेटमा पनि क्रान्ति ल्याउनेछ। प्राकृतिक टर्फ र कृत्रिम फाइबरले बनिने हाईब्रीड पीच अधिक मजबूत हुन्छ। यसले मैदानकर्मीहरूमा पीचलाई तयार गर्ने दबाउ कम्ती हुनेछ अनि खेल्ने परिस्थितिहरूका स्तरलाई कायम राख्न पनि अधिक समस्या हुँदैन। पीचमा केवल ५ प्रतिशत कृत्रिम फाइबर हुन्छ जसले क्रिकेटको निम्ति जरूरी प्राकृतिक विशेषताहरूलाई बचाएर राख्ने सुनिश्चित हुनेछ। टेलरले यस प्रतिष्ठित परियोजनामा साझेदारीको निम्ति एचपीसीए प्रति आभार व्यक्त गरे । हाईब्रीड सतहलाई स्थापित गर्नमा एउटा महत्त्वपूर्ण घटक यूनिभर्सल मशीन हो, जसलाई २०१७-मा एसआईएस ग्रास-द्वारा विकसित गरिएको थियो अनि यसले ईंग्ल्याण्डको काउण्टी क्रिकेट मैदानहरूमा समान पीच तयार गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। आईसीसी-ले टी२० र एकदिने इण्टरनेशनल म्याचहरूमा हाईब्रीड पीच प्रयोग गर्ने अनुमति दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement