कोचबिहार:आज विश्व अस्थमा दिवस हाे। आज भारत र विश्वभर दमको बारेमा सचेतना फैलाउन मनाइन्छ। कोचबिहार पुलिसको पहलमा, मंगलबार कोचबिहार पुलिस अधीक्षकको कार्यालयमा यो दिवस मनाइएको थियो। सो अवसरमा विशेषज्ञ चिकित्सकद्वारा पुलिस अधिकृत तथा कर्मचारीको दमको परीक्षण गरिएको थियो। साथै दम सम्बन्धी जनचेतना जगाउने प्रयास गरिएको थियो। यस अवसरमा कोचबिहार जिल्ला पुलिसका अतिरिक्त एसपी कृष्ण गोपाल मीना, डीएसपी हेड क्वाटर चन्दन दास, प्रख्यात चिकित्सकहरू उपस्थित थिए।