झापा: चट्याङ लागेर झापाको अर्जुनधारामा आज मंगलबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। अर्जुनधारा २ चौरासेका ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। आज करिब ४: ५० बजे मकैबालीमा मल लगाउँदै गरेको अवस्थामा अचानक परेको चट्याङ लागेर दुलाल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको पुलिस स्रोतले द रिपब्लिक इण्डियनलाई जानकारी गराए।