टाईब्रेकरमा जीतको साथ आयोजक एसएनबीएस सेमिफाइनलमा

IMG_20220807_213343.jpg

७ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार टाईब्रेकरमा रोमाञ्चक जीतको साथ आयोजक एसएनबीएस-ले सेमिफाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनल म्याचमा एसएनबीएस-ले सिलगढ़ी युनाइटेड एफसी-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा मनजीत फूटबल एकाडमी र कालीझोड़ा युवा परिवारबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement