गत जीटीए चुनावमा खरसाङ बजारमा टाँसिएका पोस्टरहरू युवा शक्तिद्वारा उप्काएर सफा गर्ने कार्य सम्पन्न

IMG_20220807_212716.jpg

खरसाङ: खरसाङ शहरमा जीटीए चुनावको समयमा टाँसिएका सबै दल अनि निर्दलीय उम्मेद्वारहरूको पोस्टर भारतीय गोर्खा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष पेमेन्द्र गुरुङको नेतृत्वमा युवा शक्ति खरसाङ महकुमा समिति अनि खरसाङ शहर तिथिका नेतृत्व अनि कार्यकर्ताहरूद्वारा सर सफाई गर्ने कार्य गरेका छन्। यस्ता पोस्टरहरू खरसाङ शहरको मूल सडक राष्ट्रिय राजमार्ग ५५, मोटर स्ट्याण्ड, रेल स्टेशन अनि अन्यान्य स्थानबाट हटाएर सफा गर्ने कार्य गरिएको छ। जीटीए चुनावको समयमा टाँसिएका यस्ता पोस्टरहरूको कारण खरसाङ बजार मैलो देखिएको थियो। खरसाङ शहरलाई सुन्दर बनाइराख्नको लागि हामीले टाँसिएका पोस्टहरू सफा गर्ने कार्य गरेका हौँ भनी युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै गत जीटीए चुनावमा खरसाङ बजारमा विभिन्न राजनीतिक दलहरू र निर्दलीय प्रार्थीहरूद्वारा टाँसिएका पोस्टरहरू सफा गर्ने कार्य गरिएको बताउँदै यसमा सहभागी सबै युवाहरूलाई धन्यवाद दिएका छन्। त्यसरी नै युवा शक्ति खरसाङ शहर समितिका सचिव बन्दन लामाले युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अगुवाईमा आज खरसाङ बजारमा चुनावको बेला टाँसिएका पोस्टरहरू उप्काएर सफा गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement