असममा सॉंझ पॉंच बजीसम्म कुल ७४.८६ प्रतिशत मतदान

EVM-1-1

गुवाहाटी: असममा लोकसभा चुनाउको तेस्रो एवं अन्तिम चरणको मतदान अन्तर्गत आज राज्यका कुल १४ मध्ये चार लोकसभा सीटमा बिहान ७ बजीदेखि शुरू भयो। सॉंझ पॉंच बजीसम्म कुल ७४.८६ प्रतिशत मतदान रेकर्ड गरिएको छ।

चुनाउ आयोगबाट प्राप्त जानकारी अनुसार, राज्यको बरपेटा सीटमा ७६.२० प्रतिशत, धुबडीमा ७९.२ प्रतिशत, गुवाहाटीमा ६७.६८ प्रतिशत र कोकराझारमा ७४.२४ प्रतिशत मतदान भयो। अहिलेसम्म प्राप्त जानकारी अनुसार, मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो। केही मतदान केन्द्रहरूमा सॉंझ पॉंच बजीको समय सीमा समाप्त भएर पनि मतदाताहरूको लामो लाइन देखियो भने मतदान प्रतिशतमा वृद्धिको सम्भावना छ। मतदान केन्द्रहरूमा भारी संख्यामा सुरक्षा बल तैनात गरिएको छ।

उल्लेखनीय छ, पहिलो चरण १९ अप्रेलमा असमको पॉंच लोकसभा सीट जोरहाट, लखीमपुर, काजीरंगा, डिब्रूगढ र शोणितपुरको निम्ति मतदान भएको थियो। दोस्रो चरण 26 अप्रेलमा पॉंचवटा सीट दरंग-उदालगुड़ी, डिफू, करीमगंज, नगांव र सिलचरमा मतदान भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *