गान्तोक: जिल्ला शिक्षा कार्यालय पाक्योङले ६ मईमा पाक्योङ जिल्ला अन्तर्गत सीआरसी संयोजकहरूसँग जिल्ला शिक्षा कार्यालयको समन्वय बैठक सीईओ, पाक्योङको कक्षमा आयोजना गर्यो। एडी क्षत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्ला शिक्षा कार्यालय पाक्योङका सहनिर्देशक, उपनिर्देशक तथा अन्य पदाधिकारी र पाक्योङ जिल्ला अन्तर्गतका विभिन्न समूहका सीआरसी संयोजकहरुको सहभागिता रहेको थियो। बैठक आयोजना गर्नुको उद्देश्य शिक्षा विभाग, समग्र शिक्षा अन्तर्गतका विभिन्न योजनाहरूको कार्यान्वयनको अनुगमन र शैक्षिक मुद्दाहरूमा छलफल गर्नु थियो। बैठकको संचालन सीईओ पाक्योङले गरेका थिए। बैठकमा केही एजेण्डामाथि चर्चा गरी सर्वसम्मतिले पारित भएको छ।